१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बलिउड अभिनेत्री उर्वशीको ६४ करोडको गाउनले सबै चकित


3.003k
Shares

काठमाडौं । भारतीय अभिनेत्री उर्वशी रौटेलाले आफ्नो सुन्दरतालाई ६४ करोडको पहिरनले सुनमा सुगन्ध थपेकी छिन् ।

उनको सुन्दरतामा उनका प्रशंसकहरु मोहित बनेका छन् । भर्खरै उर्वशी अरब फेसन वीकमा समावेश भएकी थिइन् ।

उनी अरब फेसन वीकमा दोस्रो पटक समावेश गर्ने पहिली भारतीय महिला बनेकी छिन् । अहिले उनको पहिरनको चर्चा भने निकै चलेको छ ।

उर्वशीले यो अरब फेसन वीकमा हाई थाई स्लिट गोल्डन गाउन लगाएकी छिन् । हिराले जडिएर तयार पारिएको सो गाउनमा उर्वशी कुनै महारानी भन्दा कम देखिएकी छैनन् ।

टाउकोदेखि खुट्टासम्म गहनाले बनेको गाउनमा उर्वशी सजिएकी थिइन् । उनको यो गाउनको मूल्य ६४ करोड रहेको छ । जसले सबैलाई अचम्मित बनाएको छ ।

उनले आफ्नो तस्विर र भिडियोलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छिन् । उनले तस्विरमा आज मेरो मन मेरो देशको लागि कृतज्ञता र भावनाले भरिएकाे बताएकी छिन् ।