
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५ हजार नजिक पुगेको छ ।
स्वास्थ्य निर्देशनालय डोटीले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशमा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३० पुगेको हो । जसमा सबैभन्दा बढी कैलालीमा २ हजार ५ सय ५४ सक्रिय संक्रमित रहेका छन । यस्तै, कञ्चनपुरमा १ सय १ सय १२, डोटीमा २ सय ६५, बैतडीमा २ सय ६, बाजुरामा २ सय ४६, डडेल्धुरा २ सय ७८, दार्चुला ८६, बझाङमा १ सय ४३ र अछाममा १ सय २७ जना संक्रिय संक्रमित रहेका छन् ।
यीमध्ये ९८ जना मात्रै संस्थागत आइसोलेसनमा र १ सय १७ जना अस्पतालहरुमा रहेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । ७ जनाको आइसियू र दुई जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
प्रदेशमा पुसको अन्तिम सातादेखि निरन्तर रुपमा कोरोना भाइरसको ग्राफ उकालो लाग्दै आएको छ । दैनिक पाँच सय जनासम्म संक्रमित थपिएका छन् ।
प्रतिक्रिया दिनुहोस्