
प्रतीकात्मक।
नवलपुर, माघ १६ । नवलपुरमा गैंडाको आक्रमणबाट एक जनाको मृत्युु भएको छ ।
नवलपुरको कावासोती–१५ का ५६ वर्षीय खोर बहादुर माझीको गैंडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप कुमार गिरीले बताउनुभयो ।
शनिबार नारायणी नदीमा माछा मार्न गएका माझी घर नफर्केपछि आइतबार बिहान परिवारका सदस्य खोज्न गएका थिए ।
उनलाई बिहान प्रोजेक्ट घाट नजिकै मृत अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्