
तस्विर फाइल
काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताउनु भएको छ ।
यही बहानामा सत्ता गठबन्धन नटुटोस् भन्दै उहाँले सर्वसम्मतीले एमसीसी पारित गर्नुपर्ने धारणा सार्वजनिक गर्नु भएको हो ।
भट्टराईले सामाजिक संजाल ट्वीटरमा लेख्नु भएको छ–‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतीले संसदबाट पारित गरौं ।
सबै एकमुख भएर जनतालाई बुझाऔं, यही बहानामा प्रतिगमन विरोधी गठबन्धन नटुटोस् । एमसीसी प्रकरण नेपालका रुढीवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस् भन्दै उहाँले सामाजिक संजालमा लेख्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्