२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025

दक्ष जनशक्ति अभावमा बेनी अस्पतालका आईसीयू र भेन्टिलेटर थन्किए


26
Shares

काठमाडौं । म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आईसीयू) प्रयोगमा आउन सकेको छैन् ।

करोडौ खर्चेर जडान गरिएका ती महत्वपूर्ण उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नभएर थन्किएका हुन् ।

गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै सर्बसुलभ उपचारको ब्यवस्था मिलाउन गण्डकी प्रदेश सरकारले वि.स.२०७६ असारमा अस्पतालमा एक करोड २५ लाख खर्चेर २ वटा भेन्टिलेटर सहित ५ शैया क्षमताको आईसीयू कक्ष स्थापना गरेको थियो ।

ती उपकरण प्रयोगविहीन हुँदा बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौँ पुर्याउनुपर्ने र हेलिकप्टर चार्टर गरेर तत्कालै जिल्ला बाहिर जान नसक्ने गरीब-बिपन्नले ज्यान गुमाउनुपर्ने जोखिम बढेको छ

।दरबन्दी र जनशक्ति नहुँदा उपकरण भएपनि आईसीयू चलाउन नसकेको अस्पताल प्रशासनले जनाएको छ ।

आईसीयू कक्ष सञ्चालन गर्न कम्तिमा ४ जना मेडिकल अधिकृत, १० जना स्टाफ नर्स, २ जना परामर्शदाता र ४ जना सहयोगी पदका जनशक्ति आवश्यक पर्ने अस्पताल प्रमुख डाक्टर जितेन्द्र कडेलले जानकारीदिनु भयो ।

गण्डकी प्रदेश सरकार मातहत रहेका ११ वटै जिल्लाका अस्पतालमा भेन्टिलेटरसहितको आईसीयू कक्ष बनाएर डेढ बर्षअघिनै उपकरण जडान भएका थिए ।

अतिरिक्त जनशक्ति नभएपछि मौजुदा जनशक्तिबाटै बालबालिका उपचार कक्षको आईसीयू कक्षलाई प्रयोगमा ल्याउने तयारी गरिएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनु भयो ।