१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुख्यमन्त्री पोखरेलको प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री देउवासँग भेटघाट, एजेण्डा बजेट र अघिल्लो सरकार


130
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल, अर्थमन्त्री रामजीप्रसाद बराल र भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कासहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवासँग भेट गरेको हो ।

चालू आर्थिक वर्ष २०७८/०७९ को गण्डकी प्रदेश सरकारको बजेटको एजेण्डालाई लिएर प्रधानमन्त्रीसँग भेटघाट गरिएको गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।

मुख्यमन्त्री पोखरेल विगतको सरकारले धेरै आयोजनाहरू बहुवर्षीय ठेक्कामा लगाएको, कतिपय योजनाहरू प्रक्रियामा राखेको जानकारी दिनुभयो ।

श्रोत सुनिश्चित नगरेकाले आफ्नो सरकारमाथि १६ अर्ब भन्दा बढीको दायित्व थपिएको भन्दै उहाँले त्यसलाई समाधान गर्नका लागि प्रधानमन्त्रीसँग भेटघाट गरेको स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री पोखरेलले कतिपय ठूला आयोजनाहरू वनसँग जोडिएको र वन प्रयोगको अधिकार केन्द्रीय सरकारसँग मात्रै भएकोले त्यसलाई समाधान गर्ने विषयमा पनि वन मन्त्रालयसँग छलफल हुने बताउनुभयो ।