
काठमाडौं । एसएस फाउन्डेशनले डोटीको झिमे मालिका माध्यामिक विद्यालयलाई ८ सय वटा स्कुल झोला सहयोग गरेको छ ।
डोटीको केआई सिंह गाउँपालिका–४ मा रहेको झिमे मालिका माध्यामिक विद्यालयलाई फाउन्डेशनले ८ सय वटा झोला सहयोग गरेको हो ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले डोटीका समाजसेवी रणबहादुर बलायरलाई सो झोला हस्तान्तरण गर्नुभएको हो ।
एसएस फाउन्डेसनका अध्यक्ष मदनदास श्रेष्ठको अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको फाउन्डेशनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्