१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ललितपुर महानगरमा सिसिटिभी जडान गर्न २ करोड रुपैयाँको सम्झौता


377
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले शहरी क्षेत्रमा सिसिटिभी जडाननका लागि २ करोड रुपैयाँको सम्झौता गरेको छ ।

शहरी क्षेत्रमा हुनसक्ने आपराधिक घटना नियन्त्रणका लागि महानगरले सोमबार महानगरिय प्रहरी परिसर ललितपुरसँग सम्झौता गरेको हो ।

सम्झौता पत्रमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र नेपाल प्रहरीका एसएसपी यज्ञविनोद पोखरेलले हस्ताक्षर गरेका हुन् ।

नगर क्षेत्रमा हुने आपराधिक घटना नियन्त्रण गर्दै महानगरलाई स्मार्ट सिटी बनाउन सिसिटिभी जडान गर्न लागिएको मेयर महर्जनले जानकारी दिनुभयो । जडानपछि प्रहरीलाई अपराध नियन्त्रणमा टेवा पुग्ने उहाँको विश्वास छ ।

महानगरले यसअघि करिब सात सय स्थानमा स्मार्ट स्ट्रीट लाइट जडान गरिसकेको छ । स्मार्ट स्ट्रीट लाइट जडान भइसकेको स्थानमा सिसिटिभी जडान गर्न लागेको महानगरले जनाएको छ ।

सिसिटिभी जडानका लागि ठेक्का भइसकेकाले छिट्टै काम सुरु हुने मेयर महर्जनले जानकारी दिनुभयो ।