
धनकुटा । धनकुटा नगरपालिकाले फोहरमैला व्यवस्थापनको तरिका बुुझ्न आउनेसँग शुुल्क लिन थालेको छ ।
नगरपालिकाले सल्लेरीको कचिडेमा सञ्चालित फोहोर व्यवस्थापन केन्द्र हेर्न समूहमा आउने अवलोकनकर्तासँग तीन हजार रूपैयाँ प्रवेश शुुल्क लिँदै आएको धनकुटा नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले बताउनुभयो ।
फोहोरमाथि नै यहाँ फूलबारी बनाइएको छ । घरेलु फोहर व्यवस्थापनका लागि नगरपालिकाले गर्दै आएको व्यवहारिक र सैद्धान्तिक प्रयासबारे आगन्तुकलाई जानकारी दिने गरेको छ । धनकुटा बजार र हिले बजारबाट यहाँ दैनिक १६ टन फोहोर जम्मा हुने गरेको छ ।
नगरपालिकाले १२ वर्षदेखि कचिडेमा सञ्चालित फोहरमैला व्यवस्थापन स्थललाई सिकाइ केन्द्रको रूपमा विकास गर्दै लगेको हो । यहाँ संकलन गरिएको फोहोरलाई छानेर बिक्री समेत गरिँदै आएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्