
स्याङ्जा । जिल्लाको वालिङ नगरपालिकाले सञ्चालनमा ल्याएको सरसफाई केन्द्र सिकाइ केन्द्रका रूपमा स्थापित भएको छ ।
स्मार्ट सिटीको अवधारणा अनुरुप अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले फोहोर मैलाको उचित व्यवस्थापन गरेर आम्दानीको स्रोतमा रुपान्तरण गरको हो ।
योसँगै देशका विभिन्न पालिका, फोहोर मैलाका क्षेत्रमा कार्य गर्ने विभिन्न संघ संस्थाहरूको अध्ययन गर्ने थलोको रुपमा विकसित हुँदै गएको हो ।
आर्थिक वर्ष २०७१/०७२ बाट फोहोर मैला संकलन कार्य थालेको नगरपालिकामा हालसम्म नगरपालिका/गाउँपालिका तथा फोहोर मैला व्यवस्थापनका क्षेत्रमा काम गर्ने पाँच सय बढी विभिन्न संघ संस्थाहरुले अध्ययन अवलोकन गरिसकेका जनाइएको छ ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोगमा नगरका १४ वटै वडामा सरसफाईकर्मीहरू नियुक्ति गरी सरसफाइ कार्य अगाडि बढाइएको शाखा प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्