१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


२५ जनाभन्दा बढी भेला नहुन स्याङ्जा प्रशासनको आदेश


104
Shares

स्याङ्जा । जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला नहुन आदेश जारी गरेको छ ।

सोमबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणको जोखिम कम गराउन स्वास्थ्य सम्बन्धी सुरक्षाका मापदण्ड अनिवार्य पालना गराउने निर्णय गरेको छ ।

प्रशासनले मेला महोत्सव आयोजना नगर्न पनि आदेश गरेको छ । आइसोलेसन सेन्टरलाई तयारी अवस्थामा राख्न, कोरोनाको परीक्षणको दायरा बढाउन र नियमित खोप अभियानलाई जारी राख्न पनि प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले आदेश दिनुभएकाे हाे ।

सार्वजनिक स्थानमा प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गर्नुपर्ने निर्णय गरेको छ । प्रशासनले खोप कार्ड लिएर आएका सेवाग्राहीलाई मात्र सेवा दिने पनि जनाएको छ ।

गोष्ठी, सेमिनार, समिक्षा बैठक गर्दा भर्चुअलको माध्यमबाट गर्न, भौतिक रूपमा उपस्थिति भएर गर्नुपर्ने भएमा स्वास्थ्य मापदण्ड गर्ने गराउने र २५ जना मात्रै भएर गर्न प्रशासनले आदेश दिएको छ ।

सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, ढोका र भित्र सबै ठाउँमा मास्क सेनिटाइजर अनिवार्य राख्न प्रशासनकाे आदेशमा उल्लेख गरेकाे छ ।