२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


तालिबान सत्तामा आएपछि सरकारी र गैरसरकारी क्षेत्रमा कार्यरत १ सय बढीको गैरन्यायिक हत्या


1.612k
Shares

एजेन्सी । अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिएपछि अहिलेसम्म विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा आवद्ध १ सय बढीको हत्या भएको खुलेको छ ।

संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा उनीहरूको गैरन्यायिक तवरले हत्या गरेको जनाइएको छ ।

मारिनेहरूमा अफगान सरकारका पूर्व सदस्य, सुरक्षाबल र अन्तर्राष्ट्रिय सैन्यमा काम गर्नेहरू रहेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सम्बोधन गरेको प्रतिवेदनमा दुई तिहाइ बढी पीडितहरूलाई तालिवानले गैरन्यायिक रूपमा मारिएको जानकारी गराउनुभयो ।

सामान्य माफीको घोषणा बावजुद तालिबानले हत्या, बलपूर्वक बेपत्ता र अमानवीय कार्य गरेको प्रतिबेदनमा औंल्याइएको छ ।

तालिबानले सुरुमा पूर्व सरकार र अन्तर्राष्ट्रिय सेनासँग सम्बन्धित व्यक्तिलाई सामान्य माफी दिने, महिला तथा जातीय अल्पसंख्यकहरूप्रति सहिष्णुता र समावेशीता दिने प्रतिबद्धता जाहेर गरेको थियो ।

यद्यपि, महिलाहरूमाथि नयाँ प्रतिवन्ध लागू गरेको छ । जसको फलस्वरुप अन्तराष्ट्रिय समुदायबाट तालिबानले विभिन्न प्रतिबन्धको सामना गरिरहेको छ ।