४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अमेरिका र रुसबीच टकराव


715
Shares

काठमाडौं । अमेरिका र रुसबीच युक्रेनको विषयमा सुरक्षा परिषदमा ब्यापक रुपमा विवाद भएको छ ।

सुरक्षा परिषद्को हालै बसेको बैठकमा अमेरिकाले रुसलाई सैन्य द्वन्द निम्त्याउन अघि सरेको भन्दै युद्धको चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदुत लिन्डा थोमस ग्रीनफिल्डले सुरक्षा परिषद्को बैठकमा बोल्दै युक्रेनमाथिको रुसी आक्रमणले विश्व जगतलाई सुरक्षा खतरा हुन सक्ने चेतावनी दिएका छन् ।

रुसको पछिल्लो कदम शान्ति र सुरक्षाको लागि खतराको संकेत भएको बताउँदै ग्रीनफिल्डले सो विषयमा गम्भीर भएर सोच्न रुसलाई सुझाव दिनु भएको हो ।

यता संयुक्त राष्ट्रसंघका लागि रुसका राजदुत भासिली नेबेन्ज्याले भने अमेरिकाले रुसमाथि अनाहकमा आरोप लगाएको बताएका छन् ।

युक्रेनमाथि आक्रमण गर्ने रुसको योजना नरहेको भन्दाभन्दै पनि बारम्बार सोही विषय उठान गर्नुले अमेरिका युद्धको पक्षमा रहेको उहाँको आरोप छ ।

रुसले हाल युक्रेन नजिकको सीमामा हजारौं सेना तैनाथ गर्नुका साथै आक्रमणको तयारी समेत गरिहेको बताइएको छ । तर रुसले भने आक्रमणको योजना नरहेको दावी गर्दै आएको छ ।

रुसले युक्रेन एटलान्टिक सहयोग संगठन नेटोमा आवद्ध भएकोमा क्रुद बनेको रुसले नेटोमा भएको आवद्धताको घोर बिरोध गर्दै आएको छ ।