
काठमाडौं । सोमबार बेपत्ता भएको जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमानको खोजी कार्य जारीे छ ।
जापानको इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडेको विमान राडारको सम्पर्क बाहिर रहेको छ । ५ किलोमिटर उडेपछि जापान सागरमाथिबाट विमानको सम्पर्क टुटेको थियो ।
विमानमा २ जना चालक दलका सदस्य थिए । यो विमान प्रशिक्षणका लागि प्रयोग गरिएको थियो ।
विमान दुर्घटना भएको अनुमान गरिए पनि आधिकारिक जानकारी भने आएको छैन ।
खोजी कार्यका क्रममा विमानको राडारसँग सम्पर्क टुटेको क्षेत्रमा केही तैरिरहेको वस्तु फेला परेको बताइएको छ । विज्ञहरुको टोली खोजीमा जुटेका छन् ।
यो लडाकु विमान स्क्वाड्रनको हो, जसले रणनीतिक उडान प्रशिक्षणको क्रममा दुश्मनको विमानको रूपमा काम गर्दछ ।
प्रतिक्रिया दिनुहोस्