१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बजेट पसल डटकमबाट सामान किन्दा विशेष छुट


91
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले अनलाइन सपिङ्ग बजेट पसल डट कमबाछ सामान किन्दा विशेष छुट पाउने भएका छन् ।

बैंकका भिषा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकले बजेट पसल डट कमबाट सामान किन्दा विशेष छुट पाउने भएका हुन् ।

बैंकले काठमाडौं उपत्यकामा सञ्चालित अनलाइन सपिङ्ग बजेट पसल डट कमसँग सोमबार व्यवसायिक सम्झौतामा हस्ताक्षर गरेको छ ।

बजेट पसल डट कम द्वारा केही किल्कबाट नै सजिलै विभिन्न सामाग्रीहरु जस्तैः खाद्य वस्तुहरु, मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय सामाग्री, घरेलु सरसफाई, सुन्दरताका सामाग्री तथा अन्य सामान सजिलै अनलाइन खरिद गर्न सकिने छ । होम डेलिभरीको व्यवस्था रहेको हुँदा यो सेवा आफू व्यस्त रहेको समय र कोरोनाको समयमा पनि निकै उपयुक्त रहने बैंकले विश्वास लिएको छ ।

सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बजेट पसलबाट ३ हजारभन्दा बढीको सामान अनलाइन खरिद र भुक्तानी गर्दा ५ प्रतिशतसम्म छुट पाउने छन् ।