६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


स्वास्थ्यकर्मी संक्रमित भएपछि उपचारमा समस्या


78
Shares

बागलुङ । बागलुङमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्यकर्मी समेत संक्रमित हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ ।

धौलागिरी अस्पतालका १८ जना र जिल्लाका अन्य स्वास्थ्य संस्थामा १२ जना गरी कूल ३० जना स्वास्थ्यकर्मी अहिले संक्रमित भएर होम आइसोलेसनमा बसेको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभएको छ ।

एकै पटक ३० जना स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको बताइएको छ ।

अस्पतालले नागरिकलाई दिने सेवा संकटका बाजुत समेत प्रदान गरिरहेको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बि.क पोखरेलले जानकारी दिनुभयो ।

जिल्लामा अहिले संक्रिय संक्रमित ५४६ जना रहेका छन् । शनिबारसम्म उकालो लागेको कोरोना संक्रमण दर आइतबारबाट क्रमशः घट्न थालेको छ ।