
काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि डेनमार्कमा लगाइएका सबै प्रतिबन्ध आजबाट हटेको छ ।
डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले डेनमार्क कोरोनाको छायाँबाट बाहिर निस्केको बताउँदै मुलुकमा लगाइएको सबै प्रतिबन्ध हटाई देशलाई नयाँ मोडमा लैजाने बताउनु भएको छ ।
अब विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त ९ खोपमध्ये जुनसुकै खोप लगाएका मानिसहरू डेनमार्क प्रवेश गर्न पाउने भएका छन् ।
प्रतिबन्ध फुकुवासँगै डेनमार्कमा आजदेखि कोभिड–१९ लाई सामाजिक रूपमा गम्भीर रोगको रूपमा वर्गीकृत गरिने छैन ।
होटल, रेस्टुरेन्ट, बारलगायत मनोरञ्जनका क्षेत्रहरु तथा खेलकुदका गतिविधि लगायत घरेलु कार्य पूर्ण रुपमा खुल्ने भएका छन् भने मास्क अनिवार्य रुपमा लगाउनुपर्ने छैन ।
कोरोना संक्रमणदर जनवरी मध्यतिर ह्वातै बढेको डेनमार्कमा यो महिनाको अन्त्यतिर घट्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्