
रसुवा । रसुवा जिल्लामा अध्ययनरत पाँच सय बढी विद्यार्थीलाई चाईना फाउन्डेसन नेपालको आर्थिक सहयोगमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ ।
जिल्लाको उत्तरी क्षेत्र हिमपात भई चीसो बढी हुने भएकाले संस्थाले आमाछोदिमो गाँउपालिकाका गत्लाङ, गोल्जङु, चिलिमे तथा पाजुङमा अध्यनरत विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको हो ।
त्यस्तै, उत्तरगया, कालिका तथा गोसाईकुण्ड गाँउपालिकाको विभिन्न विद्यालयमा पठनपाठन गर्ने २ हजार बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
जाडोको समयमा समेत पातलो कपडामा बिद्यालय आउने गरेका विद्यार्थीहरु बाक्लो तथा न्यानो कपडा र शैक्षिक सामाग्री पाए सँगै खुशी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्