१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अनेरास्ववियूद्वारा सञ्चारमन्त्री कार्कीविरुद्ध कालो झण्डा प्रदर्शन


52
Shares

काठमाडौं । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले कालो झण्डा देखाएको छ ।

ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टरअगाडि सरकारका प्रवक्ता समेत रहेका मन्त्री खड्कालाई अनेरास्ववियूले कालो झण्डा देखाएको हो ।

स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्दै प्रदर्शनमा उत्रिएको अनेरास्ववियूले त्यही बेला मन्त्री कार्की क्वार्टरबाट निस्किएपछि कालो झण्डा देखाएको हो ।

आन्दोलनरत विद्यार्थीहरुले मन्त्रीको गाडी रोकेर कालोझण्डा देखाएका थिए भने कतिपयले मन्त्री गाडीमै कालोझण्डा प्रहार गरेका थिए ।

एमालेले संविधान र वर्तमान कानुनबमोजिम नै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउँदै आएको छ भने सत्ता गठबन्धनले जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको छ ।

जेठमा स्थानीय निर्वाचन गर्दा वर्तमान स्थानीय तहको निर्वाचन ऐनमा संशोधन गर्नुपर्ने हुन्छ । गठबन्धन र सरकार भने ऐन संशोधनको तयारीमा जुटेका छन् ।