
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको छ ।
मंगलबार एक सूचना निकालेर क्यानले एक जना जनरल म्यानेजरको दरखास्त आह्वान गरेको हो ।
५५ वर्षभन्दा कम उमेरमा इच्छुक नेपाली नागरिकले १५ फ्रेब्रुअरीभित्र दरखास्त पठाइसक्न क्यानले आग्रह गरेको छ ।
जनरल म्यानेजरका लागि व्यवस्थापन संकायमा स्नातकोत्तर उत्तीर्ण गरी तीन वर्ष कुनै संस्थाको नेतृत्वदायी भूमिकामा रहेको हुनुपर्ने क्यानको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्