२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सभामुख सापकोटालाई काभ्रेमा कालो झण्डा


1.898k
Shares

काठमाडौं । अनेरास्ववियु काभ्रेले सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाएर विरोध गरेको छ ।

गृहजिल्ला सिन्धुपाल्चोक जाने क्रममा बनेपामा कालो झन्डा देखाएर विरोध गरेको हो ।

आफ्नो पार्टी विभाजनमा सभामुख सापकोटा सहयोगी बनेको समेत एमालेको आरोप छ ।

विरोधको कार्यक्रम अन्तर्गत प्रतिकात्मक रुपमा सभामुख सापकोटालाई कालो झण्डा देखाइएको अनेरास्ववियु काभ्रेका सचिव मिलन गौतमले जानकारी दिनुभयो ।

विरोध प्रदर्शनमा सहभागी अनेरास्ववियुका कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेर तितरबितर पारेको थियो ।