१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सञ्चारमन्त्रीलाई बाटो छेकेर कालो झण्डा


1.365k
Shares

काठमाडौं । नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियूले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको बाटो छेकेर कालो झण्डा देखाएको छ ।

मंगलबार विहान मन्त्री क्वार्टर पुल्चोकबाट कार्यालय जान निस्केका मन्त्री कार्कीलाई निवास नजिकै बाटो छेकेर अनेरास्ववियूका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् । ठूलो संख्यामा रहेका विद्यार्थीले कालोझण्डा सँगै नाराबाजी गरेका थिए ।

उनीहरूले ‘स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर’ भन्दै नाराबाजी समेत गरेका थिए । यूनियनको केन्द्रीय कार्यक्रमअनुसार नै मन्त्रीलाई निवास अगाडि नै पुगेर कालो झण्डा देखाइएको अनेरास्ववियूले जनाएको छ ।

हुलले मन्त्रीको गाडीलाई जाम गरेर कालोझण्डा देखाएका हुन् । भीडलाई प्रहरीले हटाएपछि मन्त्री कार्की कार्यालयतर्फ लाग्नुभएको थियाे ।