
काठमाडौं, माघ १८ । देशभर पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जना गरी कुल ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ ।
मंगलबार ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभरमा ७४ हजार ६५३२ सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्