
स्याङ्जा, माघ १८ । स्याङ्जा जिल्ला अस्पतालमा मंगलबारबाट अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ ।
लामो समयदेखि जडान गरिएको अक्सिजन प्लान्ट पर्याप्त विद्युत नहुँदा संचालनमा आउन सकेको थिएन ।
प्लान्ट १ करोड ३६ लाखमा रुपैयाँ लागतमा सम्पन्न गर्ने गरी गत असार १५ गते सम्झौता भएको थियो ।
१५ एनएमक्युब क्षमताको अक्सिजन प्लान्ट जिल्लामै सबैभन्दा ठुलो अक्सिजन प्लान्ट हो । यसले एक घण्टामा १५ हजार लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेश प्रसाद आचार्यले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्