
चितवन, माघ १८ । भरतपुर महानगरपालिका-१४ बाट टोकन वितरण कार्य सुरु भएको भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सेनाले जानकारी दिनुभयो ।
महानगर प्रमुख रेनु दाहाल, जिल्ला अध्यक्ष तिमिल्सेना सहितको टोलीले मंगलबार वडा नम्वर १४ शिवनगर वडा कार्यालय परिसरबाट निस्सा वितरण सुरु गरेको हो ।
वडानम्वर १४ मा ९ सय ३९ जनाले लालपुर्जाका लागि फाराम भरेका छन् । निस्सा प्राप्त गरेका व्यक्तिहरुको भोलिदेखि फिल्डमा आयोगका प्राविधिकसहित स्थानीय निकाय र सरोकारवालाको उपस्थितिमा पूर्जा वितरणको लागि नापजाँच गरिने नेपाल वसोवास वस्ती संरक्षण नेपाल चितवनका सल्लाहकार राम बहादुर नेपालीले जानकारी दिनभयो ।
प्रतिक्रिया दिनुहोस्