१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


होम आइसोलेसनमा बस्दा के गर्ने ?


793
Shares

काठमाडौं । नेपालमा तेस्रो लहरको संक्रमण बढ्न थालेको माघ १ गते यता १ लाख ३६ हजार बढी व्यक्ति संक्रमित भइसकेका छन् ।

यसअघि देखिएको डेल्टा भेरियन्ट भन्दा बढी संक्रामक मानिएको ओमिक्रोन भेरियन्टका कारण अहिलेसम्मकै उच्च १२ हजार संक्रमित थपिए ।

यही माघ १ गते ४ हजार ६ सय ३६ जनामा देखिएको संक्रमण एक साताको बिचमा बढेर १० हजार ७ सय ३ जनामा देखिएको थियो ।

११ गते १२ हजार ८ जनामा संक्रमण देखियो । तर, संक्रमण दरको तुलनामा अस्पताल भर्ना हुनेको संख्या न्यून रहेका कारण हाल धेरै व्यक्ति होम आइसोलेसनमा बसिरहेका छन् ।

परिवारको १ जनामा संक्रमण देखिए त्यसले अन्य व्यक्तिमा समेत सजिलै संक्रमण फैलिएका कारण प्रत्येक घर र समुदायमा संक्रमण छ ।

रुघाखोकी, ज्वरो, घाँटी, जिउ दुख्ने जस्ता लक्षण देखिएको ओमिक्रोन संक्रमणका कारण अक्सिजन लेभल भने कम नभएको चिकित्सहरु बताउँछन् ।

जसका कारण धेरै व्यक्तिले बेवास्ता गरेको र होम आइसोलेसनमा बस्दा स्वास्थ्यको ख्याल नगरेको पाइएको छ ।

होम आइसोलेसनमा बस्दा लक्षणमा आधारित उपचार गर्नुपर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ । दीर्घरोग र जटिल रोगका विरामीहरूले तत्सम्बन्धी डाक्टरहरूसँग परामर्श गर्नुपर्ने उहाँको भनाइ छ ।

केही दिन यता भने संक्रमितको संख्यामा भने कमी आएको छ । जसलाई विज्ञहरूले भने कोरोनाको असर सामान्य देखिँदा धेरै व्यक्तिले परीक्षण नगराउनु भएको बताएका छन् ।

ओमिक्रोनको संक्रमण जति छिटो बढ्छ, घट्ने दरसमेत उतिकै छिटो हुने सरुवारोग विशेषज्ञ डा. पुन बताउनुहुन्छ ।

नेपालमा हालसम्म १० लाख ८६ हजार बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमा यस तेस्रो लहरमा पुन संक्रमित हुनेको संख्यासमेत बढिरहेको छ ।

जसका कारण लक्षण देखिएका सबै व्यक्तिले परीक्षण गराएर आइसोलेसनमा बस्न चिकित्सकहरूको सुझाव छ ।