१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


अटो चालक मृत फेला


637
Shares

नवलपुर, माघ १८ । पूर्व नवलपरासीमा अटो चालक ५२ वर्षिय माधवप्रसाद गिरी मृत अवस्थामा फेला परेका छन् ।

उनको हत्या भएको आशंकामा अनुसन्धानअघि बढाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी दिलिप कुमार गिरीलेले बताउनुभयो ।

मृतक कावासोती नगरपालिका– १३ गैरी नयाँबस्तीका हुन् । सोमबार राति ९/१० बजेको समयमा अपरिचित व्यक्तिले गिरीलाई कावासोती जानु छ भन्दै अटोमा गएका थिए । अबेरसम्म नफर्केपछि उनको खोजी भएको थियो । उनको शव मंगलबार बिहान बौनाहास्थित पानी जमेको घोलामा गडेको अवस्थामा फेला परेको हो ।

निधारमा चोट लागेका कारण उनको हत्या भएको आशंकामा प्रहरीले कुकुर परिचालन गरेर अनुसन्धान सुरु गरेको डिएसपी गिरीले बताउनुभयो ।