
काठमाडौं । अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट हुनेछन् ।
क्यामरुनमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज राति पौने १ बजे सेनेगल र बुर्किना फासो भिड्नेछन् ।
क्वाटरफाइनलमा इक्वेटोरियल गिनीलाई हराउँदै सेनेगल तथा ट्युनिसियालाई पाखा लगाउँदै बुर्किना फासो सेमिफाइनलमा पुगेका हुन् ।
आजको विजेताले आइतबार हुने फाइनलमा इजिप्ट वा क्यामरुनमध्ये एक टोलीको सामना गर्नेछ ।
अफ्रिकी महादेशको सर्वाधिक सफल टोली इजिप्ट र यसपटकको आयोजक एवं उपाधि दावेदार क्यामरुनबिचको दोस्रो सेमिफाइनल खेल भोलि राति हुनेछ ।
प्रतिक्रिया दिनुहोस्