काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
बुधबार रातीबाट यस प्रणालीको प्रभाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भागमा सामान्यतया सफा रहेको छ ।
दिउँसो भने प्रदेश १, मधेस , बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भू–भागहरुमा मौसम आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको छ । बुधबार राती भने प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने छ ।
मधेश प्रदेशमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै,सुदुरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा साथै गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ
प्रतिक्रिया दिनुहोस्