
काठमाडौं । नेकपा (एमाले) को सचिवालयको बैठक आज दिउँसो बस्दैछ ।
बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
कोरोना संक्रमणका कारण सचिवालय बैठक मार्फत महत्वपूर्ण र अत्यावश्यक निर्णयहरु गर्ने र त्यसलाई पछि माथिल्ला कमिटिहरुबाट अनुमोदन गराइने एमालेले जनाएको छ ।
एमाले केन्द्रीय सचिवालयमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्षहरू, महासचिव, ३ जना उपमहासचिव र ७ जना सचिवहरुसहित १९ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्