
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलबभत्ताबापतको रकम तनहुँको भानु–९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई प्रदान गर्नु भएको छ ।
तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मन्त्री श्रेष्ठले आफ्नो तलबभत्ताबापत पाएको रकम विभिन्न संघसंस्थालाई सहयोग गर्दै आउनु भएको हो ।
यही सिलसिलामा मन्त्री श्रेष्ठले क्याम्पसलाई आफ्नो तलबभत्ताबापतको ५० हजार रुपैयाँ प्रदान गर्नु भएको हो ।
मन्त्री श्रेष्ठले चुनावमा उम्मेदवार हुँदा नै तलबभत्ता नलिने घोषणा गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्