६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


आज सेयर कारोबार नहुने


52
Shares

काठमाडौं । साताको चौथो दिन बुधबार सेयर बजार बन्द हुनेछ ।

आज बुधबार तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होछार पर्व परेकाले सरकारले सार्वजनिक बिदा दिए सँगै सेयर बजार पनि बन्द हुने नेप्सेले जनाएको छ ।

अब भोलि बिहीबार बिहान ११ बजेदेखि नियमित कारोबार खुल्नेछ ।

यसअघि मंगलबार नेप्से सूचक १९.२९ अंकले बढेर २८ सय ९१.३३ बिन्दुमा अडिएको छ । जसमा ६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।