१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आमा बनेपछि प्रियंका चोपडाको पहिलो तस्वीर पत्रिकाको कभरमा


143
Shares

काठमाडौं । आमा बनेपछि बलिउड तथा हलिउड अभिनेत्री प्रियंमा चोपडाको पहिलो तस्वीर पत्रिका (म्याग्जीन) को कभरमा छापिएको छ । उनी यस तस्वीरमा निकै आकर्षित देखिएकी छिन् । अहिले सामाजिक सञ्जालमा उनको तस्वीर र भिडियोहरु भाइरल भइरहेका छन् ।

प्रियंकाले यहि २२ जनवरीमा आफू आमा बनेको खबर सार्वजनिक गरेकी थिइन् । निक जोनस र प्रियंका सरोगेसी मार्फत पहिलो बच्चाको बाबु आमा बनेका हुन् ।

प्रियंकाले हार्पस बजार पत्रिकाका लागि तस्वीर खिचाएकी हुन् । उनको यो तस्वीरमा लेभेन्डर र पहेँलो रंगको सुन्दर गाउनमा राजकुमारी जस्तै देखिएकी छिन् । उनको प्रशंसकहरुका लागि पत्रिका कभरमा छापिएको उनको तस्वीर उपहार भन्दा कम नरहेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

तस्वीर बाहिरिनु अघि उनले म्याग्जीनसँगको अन्तर्वार्तामा महामारीको बारेमा कुरा गरेकी थिइन् । अन्तर्वाताको क्रममा उनी भन्छिन्, ‘महामारीले संसार भरि जुन उथल पुथल बनाएको छ । त्यसलाई देख्दा मलाई लाग्छ यो समयमा शान्ति सबैभन्दा महत्वपूर्ण कुरा हो । यो एक मात्र कुरा हो, जसलाई मैले मेरो जीवनमा खोजिरहेको छु । म आफुलाई खुसी र उज्यालोमा राख्न चाहान्छु । त्यसैले म यसमा नै केन्द्रीत छु । महामारीको अवस्थामा मानव जीवनमा ठुलो परिर्वतन आएको छ । थाहा छैन, म पहिलेको जस्तै अराजक गति र संसारमा बाँच्न सक्षम हुन्छु या हुँदिन, म केबल महत्वपूर्ण कुरालाई प्राथमिकता दिन चाहान्छु ।’