१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मन्त्री श्रेष्ठकाे तलब र भत्ता क्याम्पसलाई


169
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलब भत्तावापतको रकम तनहुँको भानु–९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई प्रदान गर्नुभएको छ ।

तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मन्त्री श्रेष्ठले आफ्नो तलब भत्तावापत पाएको रकम विभिन्न सङ्घसंस्थालाई सहयोग गर्दै आउनुभएको छ ।

यही सिलसिलामा मन्त्री श्रेष्ठले पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई आफ्नो तलब भत्ता बापतको ५० हजार रुपैयाँ प्रदान गर्नुभएको हो । मन्त्री श्रेष्ठले चुनावमा उम्मेदवार हुँदा नै तलबभत्ता नलिने घोषणा गर्नु भएको थियो ।