
काठमाडौं । जेठमा स्थानीय तहको निर्वाचन गर्ने तयारी भएसँगै नेपाली कांग्रेस चुनावी रणनीति बनाउन लागेको छ ।
२०७४ सालको वस्तुगत अवस्था र आगामी रणनीतिबारे कांग्रेसले औपचारिक रूपमा पार्टीभित्र छलफल सुरु भएको हो ।
गत निर्वाचनमा कांग्रेसको अवस्था, तत्कालीन तालमेल र हाल फेरिएको राजनीतिक घटनाक्रमबारे पार्टीभित्र छलफल सुरु भएको नेताहरूले बताएका छन् ।
प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेसँगै कांग्रेसले चुनावी रणनीति बनाउन सुरु गरेको हो ।
धेरै मतान्तरले कांग्रेस पराजित भएका स्थान, कम मतले पराजित भएका क्षेत्र, तत्कालीन गठबन्धनले पु¥याएको लाभ र तालमेल भएपनि चुनावी नतिजा अर्को पक्षमा गएका स्थानका बारेमा छलफल भएको बताइएको छ ।
निर्वाचनको मिति औपचारिक रूपमा घोषणा हुन लागेकाले कार्यकर्तालाई सक्रिय बनाउने अभिप्रायले छलफल बोलाइएको नेताहरूले जनाएका छन् ।
चुनावी रणनीति तय गर्न पार्टीभित्र एक छुट्टै समिति नै गठन गर्ने विषयमा पनि छलफल प्रारम्भ भएको छ ।
विज्ञले प्रस्तुत गरेका तथ्यलाई आगामी कार्यसम्पादन समितिको बैठकमा छलफलका लागि एजेण्डा बन्ने भएको छ ।
चुनावी तालमेल गर्दा कांग्रेसका लागि हुने लाभ र बेफाइदाका विषयमा पनि बहस सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्