३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


मन्त्री झाँक्रीबाट करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन


1.547k
Shares

काठमाडौं, माघ १९ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोविखोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन गर्नु भएको छ ।

सवारी साधननै ओहोर–दोहोर गर्न नमिल्ने गरि निर्माण सामग्री राख्ने, पसल राख्ने, टेवल, कुर्सीसमेत राखेर बस्ने गरेको पाइएपछि उपत्यका विकास प्राधिकरणले कानून विपरित सडक अतिक्रमण नगर्न सचेत गराउँदै आएको थियो ।

मन्त्री झाँक्रीले अनुगमनका क्रममा सडक अतिक्रमण नगर्न पुनः एक पटक सचेत गराइएको भन्दै अव पनि नमाने त्यस्ता व्यक्तिहरुमाथि कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले सार्वजनिक स्थलहरुको अतिक्रमण हुन नदिने गरी अनुगमन गर्न उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिनुभयो ।

अनुगमनका क्रममा प्रहरीले सडकमा राखिएका निर्माण सामग्री, पसल आदि हटाएको थियो ।