१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रधानमन्त्रीकाे निर्देशनपछि केन्द्रीय सुरक्षा समितिको बैठक बाेलाइयाे


1.131k
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति तोक्ने तयारी भइरहेका बेला केन्द्रीय सुरक्षा समितिको बैठक डाकिएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बुधबार बस्दैछ । बैठकमा स्थानीय तह निर्वाचनको सुरक्षाबारे छलफल हुने गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।

मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको सुरक्षा तयारी गर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्री देउवाको निर्देशनपछि गृहमन्त्रीले सुरक्षा समितिको बैठक बोलाउनुभएको हो ।

बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका प्रतिनिधि सहभागी छन् ।