२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


भरतपुर अस्पतालका सेवा बिहीबारदेखि पुनः सञ्चालन हुने


78
Shares

काठमाडौं । कोरोना संक्रमण बढेसँगै बन्द गरिएको भरतपुर अस्पतालको सेवा पुनःसञ्चालन गरिने भएको छ ।

माघ ९ गतेदेखि स्थगित ओपिडी सेवा र नियमित शल्यक्रिया बिहीबारदेखि सञ्चालन गर्न लागिएको अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलले जानकारी दिनुभयो ।

चिकित्सक, स्वास्थ्यकर्मी संक्रमित हुने क्रम बढेपछि अत्यावश्यक सेवा वाहेकका अन्य सेवा बन्द भएका थिए ।

अस्पतालले एक सूचना प्रकाशन गरी संक्रमणको जोखिम अझै कायम रहेकाले अस्पतालमा सेवा लिन आउने सेवाग्राहीले स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई पूर्णपालना गर्न आग्रह गरेको छ ।

अस्पतालमा हाल ४१ जना संक्रमित उपचारका लागि भर्ना भएका छन् । अस्पतालमा चितवनसहित १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।