
बैतडी । यात्रुहरू पाउन छाडेपछि बैतडीको हवाइ सेवा एक महिनादेखि बन्द रहेको छ ।
गत पुस १६ गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो ।
मौसम सफा हुँदै गएकोले अब केहीदिनपछि नियमित उडानको तयारी भएको बैतडी नागरिक उड्डयन कार्यालय, पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले बताउनुभयो । १८ यात्रु क्षमताको समिट एयरको जहाजका लागि समेत यात्रु नहुँदा समस्या भएको छ ।
हाल दैनिक ५/७ जनाले मात्र हवाई यात्रा खोज्ने गरेका छन् । १४/१५ जनासम्म पुगेपछि उडान सुचारु गर्न सक्ने जनाइएको छ । गत वर्ष पनि एक महिना खराब मौसमका कारण एक महिना हवाई सेवा बन्द भएको थियो ।
सुरुमा ३ हजार ८ सय ५० रुपैयाँ भाडा भएपनि इन्धनको मूल्य बढेको भन्दै अहिले ४ हजार एकसय पु¥याइएको छ । पाटन विमानस्थल २६ वर्षपछि २०७७ असोज अन्तिम साताबाट पुनः सञ्चालनमा आएको थियो ।
प्रतिक्रिया दिनुहोस्