
काठमाडौं, माघ १९ । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको दाबी गर्नुभएको छ ।
पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले गरेको कार्यक्रममा उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका मुख्य तीन अंग असफल भइसकेको दावी गर्नुभयो ।
मुलुकको अर्थतन्त्र सकिने अवस्थामा पुगेको उल्लेख गर्दै उहाँले यो संकटबाट मुलुकलाई निकास दिन कम्युनिष्ट क्रान्तिकारीको सहकार्यमा जोड दिनुभयो ।
दक्षिणपन्थी अवसरवादमा पतन भएकाले प्रचण्ड र विप्लवसँग आफ्नो पार्टीले एकता गर्ने कुनै सम्भावना नरहेको उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्