१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


नेपालमा ओमिक्रोनको सह–प्रजाति सक्रिय : विश्व स्वास्थ्य संगठन


2.548k
Shares

काठमाडौं । नेपालमा ओमिक्रोनको सह–प्रजाति पनि सक्रिय बनेको बताइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपाल लगायत विश्वका ५७ मुलुकमा ओमिक्रोनको सब भेरियन्ट (सह–प्रजाति) सक्रिय बन्न थालेको जनाएको हो ।

डब्ल्यूएचओका कोभिड प्रतिकार्य टोलीका सदस्य डा. बोरिस पाभलिनले ओमिक्रोनको सब भेरिएन्ट सक्रिय बन्न थालेको जानकारी गराउनुभएको हो ।

तर, यो नयाँ सह–प्रजाति पनि सुरुको ओमिक्रोन भेरियन्ट बीए डट वान जस्तै भएको उहाँको भनाइ छ । यसबाट संक्रमित भएकाहरूमा पनि अस्पताल भर्ना हुने संक्रमितको संख्या नबढेको बताइएको छ ।

साथै, अहिलेका खोपले ओमिक्रोन र यसका सब भेरियन्टविरुद्ध राम्रो काम गरिरहेको पनि डब्लूएचओले जनाएको छ ।