२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पूर्वी कंगोमा संदिग्ध मिलिसियाको आक्रमणमा परी कम्तिमा ४० को मृत्यु


104
Shares

एजेन्सी । पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा आन्तरिक रूपमा विस्थापित मानिसहरूको शिविरमा संदिग्ध मिलिशियाहरूले आक्रमण गर्दा कम्तिमा ४० जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यहरुले स्थानीय स्रोत र एक अनुगमन समूहलाई उधृत गर्दै घटनामा दर्जनौं मानिसको मृत्यु भएको विवरण सार्वजनिक गरेका छन् ।

रातभरको आक्रमण इटुरी प्रान्तको एक गाउँमा भएको थियो । प्रचुर खनिज पाइने यो क्षेत्रलाई सशस्त्र समूहसँग जोगाउन सरकारले सन् २०२१ मे देखि घेराबन्दी गरेर राखेको छ ।

हिंसाको निगरानी गरिरहेको किभु सुरक्षा ट्रयाकरले बुधबार एक ट्वीट गर्दै गएराति भएको आक्रमणमा कम्तिमा ४० जना मारिएको जनाएको छ । स्थानीय अगुवा र प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रोयटर्स समाचार एजेन्सीले मृत्यु हुनेको संख्या कम्तीमा ६० रहेको बताएको छ ।

घटनाको अहिलेसम्म कुनै जिम्मेवारी लिएको छैन ।