२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अर्जेन्टिनामा विषाक्त कोकिन सेवन गर्दा कम्तिमा १६ जनाको मृत्यु, ५० भन्दा बढी गम्भिर बिरामी


117
Shares

काठमाडौं । अर्जेन्टिनामा विषाक्त कोकिन सेवन गर्दा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा विषाक्त पदार्थ मिसाईएको लागु औषध कोकिन सेवन गर्दा १६ जनाको मृत्यु भएको हो । अन्य ५० जनाभन्दा बढी गम्भिर बिरामी परेका छन् ।

प्रहरीका अनुसार लागु औषध तस्कर वा कारोबारीहरुले कोकिनमा बढी नाफा लिने उद्देश्यले अन्य पदार्थ मिसाएका हुन् वा नियतवश विषाक्त पदार्थ मिसाएका हुन् भन्नेबारे छानविन भईरहेको छ ।

प्रहरीले विषाक्त कोकिन कारोबारको आशंकामा ब्युनस आयर्सको स्यान्टीटाउन क्षेत्रबाट ९ जनालाई पक्राउ गरेको छ ।