२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दाङमा नेटवर्किङ व्यवसाय गर्दै आएका तीन जना परे प्रहरीको फन्दामा


1.716k
Shares

काठमाडौं । दाङमा नेटवर्किङ व्यवसाय गर्दै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा रोल्पा घर भइ घोराही बस्दै आएका तीन जना रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

हाइपर फण्ड र साफिर नामक नेटवर्किङमा लगानी गर्दा दुई महिनामै पैसा दोब्बर हुने भन्दै उनीहरुले प्रतिव्यक्ति १५ देखि १८ हजारसम्म लगानी गर्न लगाएको पाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय हाइपर फण्ड नामको नेटवर्किङमा हजारौं नेपालीहरु फस्दै गएको अनुमान छ ।