१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पशुपति क्षेत्र विकास कोषले दियो अव्यवस्थित घर टहरा हटाउन निर्देशन

आफुखुसी खोलेका पसलहरु हटाउन १५ दिने सूचना

143
Shares

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित तथा अवैधानिक घर टहरा हटाउने भएको छ ।

कोष परिषरमा रहेका अव्यवस्थित फलफूल, उपहार पसल तथा टहरा हटाइने भएको हो ।

आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै कोषले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई स्वच्छ र सुन्दर राख्ने उद्देश्यले अव्यवस्थित टहरा हटाउन लागिएको स्पष्ट पारेको छ । यसका लगि कोषले १५ दिनको समय दिएको छ ।

पशुपति क्षेत्रका मूल सडक, सहायक सडकहरूका पेटी, डबलीहरू र खुला चौर, कैलाश डाँडा तथा मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुण्डोल क्षेत्रमा कोषको अनुमति नलिई बनाइएका अव्यवस्थित छाप्रा तथा टहराहरु भत्काउन सूचनामा भनिएको छ ।

पशुपति क्षेत्रभित्रको खुलाचौर, कैलाशडाँडा, मृगस्थली, गोरखनाथक्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुन्डोल क्षेत्रलगायतमा अव्यवस्थित तबरले छाप्रा बनाएर वर्षौंदेखि व्यक्तिहरूले व्यवसाय तथा बसोबास गर्दै आइरहेका छन् ।