
काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिम हुँदा हुँदै पनि यस अघिनै लकडाउन हटाएको फ्रान्सले अन्य प्रतिबन्धहरु पनि क्रमशः हटाउँदै लगेको छ ।
फ्रान्सको पेरिसमा लकडाउन र अन्य प्रतिबन्धहरु हटाएसंगै शहरी तथा रेल्वे स्टेशनहरुमा भीड बढ्न सक्ने भन्दै ठाउँ –ठाउँमा मोवाइल भ्यानमै पीसीआर परीक्षणको व्यवस्था गरिएको गरिएको छ । पीसीआर परीक्षणको रिपोर्ट १५ मिनेटमा नै आउने गरेको छ । औषधी पसलहरुमा पनि कोरोना विरुद्धको खोपको व्यवस्था गरिएको छ ।
यस अघि फेस मास्क अनिवार्य गरेकोमा त्यो पनि हटाइएको छ । नाइटक्लवहरु भने फेब्रुअरी १६ सम्म बन्द रहनेछन् । हाटबजार,रेष्टुरेन्ट,बार,सार्वजनिक यायायातको प्रयोगमा खोपकार्ड भने अनिवार्य गरिएको छ ।









तस्वीर : दीपक चालिसे,फ्रान्स
प्रतिक्रिया दिनुहोस्