२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


राष्ट्र बैंकका निगरानी, ७ लाखभन्दा बढीको कारोबार गर्नेको विवरण बुझाउन निर्देशन


2.249k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शंकास्पद कारोबार गर्नेलाई निगरानी गर्न थालेको छ ।

राष्ट्र बैंकले सात लाख रुपैयाँभन्दा माथिको नगद कारोबारको अनुसन्धान थालेको जनाएको हो । हालको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाबाट १० लाख भन्दा बढी रकम निकाल्न पाइँदैन ।

पछिल्लो दिन नगदसहित मान्छे पक्राउ पर्ने, नगदको शंकास्पद कारोबार बढ्नुका साथै हुन्डी, क्रिप्टोको आन्तरिक भुक्तानीलगायतमा पनि नगद प्रयोग बढेको भन्ने विश्लेषणका आधारमा राष्ट्र बैंकले कडाइ गरेको हो ।

राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभाग अन्तर्गतको सम्पति शुद्धीकरण अनुगमन इकाइले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारीहरूलाई पत्र लेख्दै माघ २४ गतेभित्र प्रतिकारोबार सात लाख र त्योभन्दा बढीको नगद कारोबारको विवरण बुझाउन आग्रह गरेको छ ।

राष्ट्र बैंकले गत साउन १ देखि पुस ३० गतेसम्मको विवरण माग गरेको हो ।