१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘भोटे जनजाति सेवा संघ’ काठमाडौंको कार्यसमिति गठन


442
Shares

काठमाडौं । ‘नेपाल भोटे जनजाति सेवा संघ’ काठमाडौं जिल्ला कार्यसमिति गठन गरिएको छ ।

नेपाल भोटे जनजाति सेवा संघका केन्द्रीय सचिव दावा भोटेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा छिरिङ पान्देन भोटेको अध्यक्षतामा नौ सदस्यीय काठमाडौं जिल्ला कार्यसमिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा तप्चेन भोटे, सचिवमा तेम्बा भोटे, सहसचिवमा फुर्बु जेनजेन भोटे, कोषाध्यक्षमा सोनु भोटे र सदस्यहरूमा पिम्बा तेन्जिङ भोटे, दोर्ची भोटे, पिम्बा भोटे र महिला सदस्यमा छिरीङ भोटे छन् ।

नवर्निवाचित कार्यसमितिलाई केन्द्रीय सचिव दावा भोटेले खादा र अविर लगाएर बधाई दिनुभएको थियो ।

कार्यक्रममा केन्द्रीय सचिव दावा भोटेले नवगठित कार्यसमितिलाई केन्द्रीय समितिले चाडै मान्यता दिने बताउनुभयो ।

युवा नेता मिथुन चाङ्पा भोटेले नवगठित कार्यसमितिले भोटे समाजको हक, अधिकार रक्षाको लागि खबरदारी गर्ने बताउनुभयो ।

भोटे समाजका अगुवाहरूले भने भोटे समूदायको हक, अधिकार र अस्तित्व मेटिन नदिन युवाहरूको ध्यानाकर्षण गराएका थिए ।