१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तालिबान सरकारद्वारा महिला अधिकारकर्मी नियन्त्रण


39
Shares

एजेन्सी । अफगानिस्तानमा तालीबानी सरकारले एक महिला अधिकारकर्मीलाई नियन्त्रणमा लिएको छ ।

राजधानी काबुलस्थित आफ्नै निवासमा रहेको अवस्थामा तालीबानीको टोलीले महिला अधिकारकर्मी मुर्सल अयारलाई नियन्त्रणमा लिएको हो ।

योसँगै मुर्सल अयार अफगानिस्तानमा तालीवानीद्वारा नियन्त्रणमा लिने महिला मध्ये छैठौं महिला अधिकारकर्मी हुन् ।

यसअघि गत जनवरी १९ मा तालीवानले महिला अधिकारकर्मी पारवाना इब्राहिम, तमना पर्यानी र तीनका तीन बहिनीहरूलाई नियन्त्रणमा लिएको थियो भने उनीहरूको अवस्था अज्ञात छ ।

पछिल्लो समय अफगानिस्तानको कारागारमा रहेका महिलाको अवस्थाबारेको बाहिरिएको रिपोर्टको जिम्मेवार महिला अधिकारकर्मीहरू रहेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको बुझिएको छ ।

ती महिला अधिकारकर्मीहरूले देशको शासनमा महिलाहरूको अधिकार लगायत शिक्षाका बारेमा आवाज उठाउँदै आएका थिए ।

यसैबीच संयुक्त राष्ट्रसंघका अनुसार तालिबानले महिला अधिकारकर्मीहरूलाई जबरजस्ती नियन्त्रणमा लिएको भन्दै निन्दा गरेको छ । साथै उनीहरूको तत्काल रिहाइको माग गरेको छ ।

महिला अधिकारकर्मीलाई शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार भएको भन्दै अधिकारबाट बन्चित नगर्न तालिवान सरकारको ध्यानाकर्षण गरेको छ ।