
एजेन्सी । सिरियाको विद्रोही नियन्त्रित इदलिब प्रान्तमा अमेरिकी सेनाको कारवाहीमा ६ बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
मारिनेमा ४ महिला पनि रहेको जनाइएको छ । टर्कीको सीमा नजिकै उत्तरपश्चिम सिरियाली शहर अटमेहको एउटा भवनलाई लक्षित कारवाहीमा उनीहरु मारिएका हुन् ।
सो भवनमा दशक लामो युद्धबाट विस्थापित हजारौं मानिसहरू बस्दै आएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । साथै उक्त क्षेत्र अल कायदासँग सम्बन्धित विदेशी जिहादीहरूको घर भएको मानिन्छ ।
बुधबार रातभर गरिएको सो कारबाहिमा भवनहरु क्षतिग्रस्त भएका छन् । इस्लामिक स्टेट (आईएस) का नेता अबु बकर अल–बग्दादी अक्टोबर २०१९ मा मारिएपछि उत्तर–पश्चिम सिरियामा भएको यो अमेरिकी कारबाही सबैभन्दा ठूलो भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स बताएको छ ।
वर्षौंदेखि, अमेरिकी सेनाले उत्तरी सिरियामा अल–कायदाका शीर्ष कार्यकर्ताहरूलाई परास्त गर्न ड्रोन आक्रमण जारी राखेको छ ।
प्रतिक्रिया दिनुहोस्